Home / Nepal / News / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ।  योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये  ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ। 

नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या  २ लाख ५९ हजार  ५ सय  ४८ पुगेको छ।   त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन्।  योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।  हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *