काठमाडौं : सविन अधिकारीको निर्देशनमा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ। चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने निर्माण पक्षले जनाएको छ। माघ २ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन्। लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्न लागेका हुन्।
चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायत कलाकारको अभिनय रहनेछ।






