काठमाडौं : मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्रालिले ल्याएको यसवर्षको मिस युनिभर्स नेपालको क्राउन सार्वजनिक गरिएको छ।
मिस युनिभर्स नेपालका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन्। जुन नेपाली सौन्दर्य प्रतियोगिताहरुमध्यकै सर्वाधिक धनराशि रहेको जनाइएको छ।
यसका साथै विजेताले १५ लाख रुपैयाँको क्राउन पनि घर लैजाने सौभाग्य पाउनेछन्। हीरा जडित क्राउनको प्रायोजन अपला ज्वेलर्सले गरेको जनाइएको छ।
मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले पुस १५ गते हुनेछ।






