Home / Nepal / News / उदयपुरबाट ल्याइएका ६ भारतीय डिस्चार्ज भए

उदयपुरबाट ल्याइएका ६ भारतीय डिस्चार्ज भए

विराटनगर । उदयपुरबाट ल्याइएका १३ जना कोरोना संक्रमितमध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन् ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारमा रहेकामा ६ जनाको स्वास्थ्यमा सुधार आए पछि डिस्चार्ज गरिएको हो ।

उनीहरुको तीन पटकसम्म स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।

डिस्चार्ज हुनेमा भारतीय नागरिक ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहमद रशिद रहेका छन् । 

उनीहरुलाई विराटनगरको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ ।

त्यहाँ दशवटा बेडरुम र त्यति नै शौचालय भएको मस्जिदमा राख्ने तयारी प्रदेश सरकारको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *