नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत पुगेको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमणमुक्त हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गइरहेको सोमबार बताए ।
“कोरोनाभाइरसबाट सङ्क्रमण भएकाहरुको सङ्ख्या प्रदेशभरीमा मात्रै झण्डै एक लाख पुग्न लागेको छ, ती मध्ये झण्डै ७२ हजार सङ्क्रमणमुक्त भइसकेका छन्,” उनले भने ।
उनले यसलाई धेरै खुशी र सन्तुष्टिको विषयको रुपमा लिइएको पनि बताए ।

नयाँ दिल्ली प्रदेशमा मात्रै अहिले दैनिक २० हजारदेखि २४ हजारसम्म परीक्षण परीक्षण भइरहेको पनि उनले जानकारी दिए ।
दैनिकरूपमा भइरहेको परीक्षणबाट अहिलेसम्म दिल्ली प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९९ हजार ४४४ पुगेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी दिल्ली प्रदेशमा मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म तीन हजार ६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । – एएनआई






