Home / World News / भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा उक्लियो

भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा उक्लियो

काठमाडौं । भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका र ब्राजिल पछि रहेको रुसलाई उछिन्दै भारत तेस्रो स्थानमा उक्लिएको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ६ लाख ९७ हजार ४१३ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

ब्राजिलमा १५ लाख ७७ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अमेरिकामा सबैभन्दा धेरै २८ लाख ३३ हजार ५५२ मा कोरोना संक्रमण देखिएको छ । 

भारतमा लकडाउन खुकुलो भएसँगै तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक पाँच दिनमा एक लाखभन्दा धेरै संक्रमित थपिइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *