Home / Society / जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी

जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी

काठमाडौँ । कोरोना महामारी बढ्दै गएको भन्दै सरकारले अहिले सन्चालन भएरहेको जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी गरेको छ ।

काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेको तथा सवारी दूर्घटना बढेको भन्दै यो प्रणाली लागू गर्न लागिएको बुझिएको छ ।

यसका लागी छलफल भइरहेको सरकारको एक स्रोतले बताएको छ ।

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि जारी गरेको सवारी पास असार १ गतेदेिख खारेज गरी जाेर-बिजाेर लागू गरेकाे थियाे ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *