काठमाडौं : दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठनको ७४ औँ भर्चुअल बैठक जारी छ।
बैठकको दोस्रो दिन आज ११ वटै सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरूले संयुक्त रूपमा १२ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्।
घोषणापत्रमा कोभिड महामारीले अर्थव्यवस्था, खोपको समानुपातिक वितरण, स्वास्थ्य र समाजमा देखिएका समस्या र चुनौतीविरुद्ध एकताबद्ध भएर सामना गर्ने उल्लेख गरिएको छ।
यस्तै, राजनीतिक नेतृत्व र सरकारलाई उत्तरदायी बनाउने, स्वास्थ्यमा सबैको पहुँच बनाउन स्वास्थ्य प्रणालीमा व्यापक पुनःसंरचना गर्ने, मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एक हुने र दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने लगायतको विषयमा सहमति भएको पनि घोषणापत्रमा उल्लेख छ।
सोमबारदेखि सुरु भएको सम्मेलन ५ दिनसम्म चल्नेछ।





