काठमाडौं : पछिल्लो चौबीस घण्टामा कोभिड-१९का कारण कसैको पनि मृत्यु भएको छैन।
यसअघि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको थियो।
विगत चौबीस घण्टामा तीन हजार ६८१ जनाको पीसीआर परीक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।
त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल क्वारेन्टिनमा ६६ जना छन् भने आइसोलेसनमा १ हजार ५२९ जना रहेको छ।






