काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन्। परिषद्को बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित हुने बताइएको छ।
राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन तथा देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार परिषद् बैठक बस्ने प्रचलन छ। यद्यपि रक्षा मन्त्रालय स्रोतले आज बस्ने वैठकलाई नियमित भनेको छ।
प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुने कानुनी प्रावधान छ।
यसअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक कात्तिक ५ गते परिषद् बैठक बसेको थियो।






