Home / Nepal / News / पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।

साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको छ। मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुर्याएको थियो। अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *