काठमाडौं : गोरखाको सुलिकोट गाउँपालिका १, बारपाकमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मृत फेला पर्नेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १४ वर्षीया उषा गुरुङ छन् । गएराति सुतेका उनीहरु बिहान मृत भेटिएका हुन्।
प्रहरी घटनास्थल गएको र अनुसन्धान सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङले बताए।






