Home / Nepal / राप्ती प्रादेशिक अस्पतालका प्रमुखकाे अनुहारमा माेसाे दलियाे

राप्ती प्रादेशिक अस्पतालका प्रमुखकाे अनुहारमा माेसाे दलियाे

दाङ : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुखलाई एक समूहले मोसो दलेको छ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई एक युवा समूह सर्जन परियारको नेतृत्वमा गएको ३ / ४ जनाको समूहले सिंहकाे कार्यकक्षमै मोसो दलेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काकाविरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ। टाइडफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि डा. सिंहलाई कार्यकक्षमै पुगेर उनीहरूले कालो मोसो दलेको एसपी काफलेले बताए । घटनामा संलग्न युवाको खोजी कार्य जारी छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सिंहलाई कालोमासो दलेपछि त्यसको विरोधमा अस्पतालले इमरजेन्सी, डाइलासिस र गाइने वार्डबाहेक सबै सेवा बन्द गरेेकाे छ । अस्पताल प्रसाशनले मोसो दलेर फरार रहेको परियारको समूहलाई पक्राउ नगर्दासम्म अस्पतालको अन्य सेवा बन्द राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *