Home / Nepal / News / वीरगन्‍जमा उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ

वीरगन्‍जमा उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ

काठमाडौं । पर्साको वीरगन्‍जमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । 

चैतदेखि वैशाखसम्म विभिन्‍न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो । 

डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कोरोना पुन: पोजेटिभ देखिनेमा एक भारतीय नागरिक र अर्का रौतहटका १९ वर्षीय किशोर रहेको जनाइएको छ । 

भारतीय एकजनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई १ वैशाखमा कोरोना पुष्टि भएको थियो ।  

अहिले उनीहरु दुबैजनालाई आइसोलेसना राखिएको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *