Home / Society / काभ्रेमा जंगली च्याउ खाँदा एकै परिवारका २ को मृत्यु ४ बिरामी

काभ्रेमा जंगली च्याउ खाँदा एकै परिवारका २ को मृत्यु ४ बिरामी

धुलीखेल: काभ्रेमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन् ।

मृत्युहुनेमा धुलिखेल नगरपालिकाका ४३ वर्षीय नरबहादुर थामी र २५ वर्षीय विमला थामी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बताउनु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाका अनुसार बिरामीमध्ये २ ९ वर्षीय पूर्ण थामीको काठमाडौंस्थित नर्भिक अस्पतालमा गम्भीर अवस्था उपचार भइरहेको छ । भने अन्य ३ जनाको अवस्था सामान्य रहेको छ।

प्रारम्भिक अनुसन्धानमा जंगली च्याउ खाएको देखिएपनि स्पस्ट कारण भने परीक्षण पश्चात मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *