काठमाडौं – जिन्स कपडा लगाउने आ-आफ्नो सौख हुन्छ । तर खरिद गर्दा ध्यान दिइएन भने मेहनतको कमाई बालुवामा हालिएको पानी जस्तो बन्न सक्छ ।
यसर्थ जिन्स खरिद गर्दा सबैभन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ। फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुने भुक्तभोगीहरु बताउँछन्
लिनेन फेब्रिक मिसाइएको जिन्सको फिटिङ राम्रो हुने भएकाले फेब्रिक र देशबारे थाहा हुन जरुरी छ । प्रायः अमेरिका, जर्मनी, जापान लगायतका देशमा बनेको जिन्स राम्रो र टिकाउ मानिन्छन्।
तर सधैँ एकनास जिन्स लगाउनुभन्दा फरक/फरक पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा उत्तम हुने फेसन डिजाइनरहरु सुझाउँछन् ।






