अल्पायुमै निधन भएका बिबेकशिल साझाका नेता उज्वल थापा प्रती सामाजीक सन्जालमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरू र सर्वसाधारणले दु:ख व्यक्त गरेका छन्। थापाले सु-संस्कृत राजनीतिमा गरेका योगदानबारे सामाजिक सञ्जालहरूमा चर्चासमेत भइरहेका छन्।
नेताहरूले विज्ञप्ति र सर्वसाधारणले फेसबुक, ट्वीटरलगायतबाट थापालाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन्। कोरोना र निमोनियाबाट पीडित रहेका थापाको स्वास्थ्य अवस्था सुध्रन सकेको थिएन।
उनको काठमाडौंका ह्याम्स, ग्राण्डी र मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो। उपचारकै क्रममा मेडिसिटी अस्पतालमा मंगलबार थापाको निधन भएको थियो। पशुपति आर्यघाटमा मंगलबार साँझ थापाको अन्त्येष्टी भइसकेको छ।






