धरान: बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा
बिहीबार बिहान सप्तरीका दुई जना र मोरङका एक जना
कोरोनााभइरस संक्रमितको निधन भएको छ।
निधन हुनेमा सप्तरीकी २३ वर्षीया युबती र सप्तरीकै ६५ वर्षीय पुरुष रहेक छन भने अर्का एक जना मोरङका ५९ वर्षका पुरुष रहेका छ्न।
कार्तिक १८ मा संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएकी २३ वर्षीया युवती रक्तअल्पताको समस्या भएको बताइएको छ।
यसै गरी मोरङका ५९ वर्षका पुरुष कार्तिक ९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।






