Home / Society / बिर अस्पतालका १६ जना चिकित्सक द्वारा राजिनामा

बिर अस्पतालका १६ जना चिकित्सक द्वारा राजिनामा

काठमाडौं: देशकै सबै भन्दा पुरानो वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

आफ्ना मागहरु सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका हुन्। 

आफूहरुलाई ज्यालादारी भन्दै दसैं–तिहार भत्ता नदिएको तथा तलब समेत कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४ सै घण्टा ड्युटीमा लगाउने भन्दै राजिनामा दिएका हुन।

अस्पताल प्रशासनले दुरव्यवहारले आफुँहरुको मनोबलगिरेको उनीहरुले बताएका छन्। अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ। 

राजीनामा दिनेमा डा कौशलेन्द्र चौधरी, डा महेश गिरी, डा कृष्टि थापा, डा राकेशकुमार सिंह, डा आयुषी शर्मा नेपाल लगायत १६ जना चिकित्सक छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *