काठमाडौं । भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्दै बुधबार माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको समय पारी २१ दलीय मोर्चाले काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र भारतको भूमि मिचाहा प्रवृत्तिविरुद्ध प्रदर्शन गरेको हो ।
मोर्चाले अतिक्रमण गरिएको नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा भारतीय सेना प्रमुख र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी मोर्चाको एक सदस्यले कालोझण्डासमेत देखाएको हो ।






