Home / Nepal / News / बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिम मार्गमा बसले स्कुटरलाई ठक्कर दिएको थियो।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र उनिहरु एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *