आइतबार शारजाह क्रिकेट स्टेडियममा किङ इलाभेन पंजाबले राजस्थान रोयल्ससामु २२४ रन को उच्च योगफल प्रस्तुत गरेको छ।
ओपनर ब्याट्सम्यान मयंक अग्रवाल ले १० चौका र ६ छक्का प्रहार गर्दै ५० बलमा १०६ रन बटुले।
अर्का ओपनर ब्याट्सम्यान के एल राहुलले ५४ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६९ रन बनाए। राहुल र अग्रवालको यो साझेदारी आईपीएलको आठौं सबैभन्दा ठूलो साझेदारी हो।





