काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको विशेष अधिवेशनमा शिर्ष नेताले मात्र स्म्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
१२१ सांसद रहेका नेकपा एमालेमा विश्वासको मत पाउन १५ जना सांसद आवस्यक रहने छ। जुन अपुग सांसद ३२ सांसद भएको जसपा बाट आउने सम्भावना रहेता पनि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । यद्यपि महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ । माधव–झलनाथ पक्षका समेत एमालेका सबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।






