काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि तटस्थ बस्ने वा विपक्षमा मतदान गर्ने अधिकार सांसदहरुको स्वविवेकमा छोड्ने निर्णय गरेको जसपाको जसपाले गरेको छ।
विपक्षमा मतदान गर्नेको संख्या बढाउन उपेन्द्र यादवसहित उनको पक्ष कसरत गरिरहेको छ भने तटस्थ मतदानका पक्षमा रहन महन्थ ठाकुरले पार्टी कार्यालय बबरमहलमा जम्मा भएर संसद् बैठकमा जाने तयारी गरेका छन् ।
यादव पक्षले २० बढी मत विपक्षमा दिने वचन अन्य पार्टीका नेताहरुलाई दिएको छ भने ठाकुर पक्षले आफ्नो पक्षमा भएका २२ सांसद तटस्थ बस्ने दाबी गरेको छ ।
त्यसैले यादवले भने कम्तीमा पनि आफ्नो पक्षका अर्थात १७ सांसदलाई विपक्षमा मतदान गराउन मिहिनेत गरिरहेका छन् ।
” हामी तटस्थ मतदानका पक्षमा भएकाहरु ढुक्क छौं , हाम्रा पक्षमा रहेका २२ सांसद तटस्थ रहनुहुनेछ , ” ठाकुर पक्षका एक नेताले भने , ” उपेन्द्र – बाबुरामजीहरुले २० भन्दा बढी सांसदले विपक्षमा मतदान गर्छन् भन्नुभएको रहेछ । हेरौं , उहाँहरुले भनेको कुरा कति पूरा गर्न सक्नुहुन्छ ।






