एजेन्सी : अमेरिकाको डल्लासमा अज्ञात बन्दुकधारीको गोली प्रहार बाट ३ जनाको ज्यान गएको छ । डल्लास स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको र बाँकी दुइजना गम्भिर घाइते भएका छन।
गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन। प्रत्यक्षदर्शीका अनुसार भीडमाझ प्रवेश गरेका ती ब्यक्तिले पाँच जनाको समुहमा रहेको ब्यक्तिमाथि गोली प्रहार गरेको बुझिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले सनुसन्धान सुरु गरेको छ। घाइते २ जनाको अवस्था खतरामुक्त रहेको जनाईएको छ ।






