Home / Nepal / आजबाट काठमाडौंका ३२ स्थानमा कोराना विरुद्धको खोपको दोस्रो मात्रा खोप लगाइँदै

आजबाट काठमाडौंका ३२ स्थानमा कोराना विरुद्धको खोपको दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौं : काठमाडौंमा मंगलबारदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको च। यस अघी पहिलो खोप लगाएकाहरुलाई दोश्रो खोपको रुपमा लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयले काठमाडौं जिल्लाका ३२ वटा खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जान काठमाडौं महानगरले एक सुचना मार्फत आग्रह गरेको हो ।

पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । सरकारले गत जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *