Home / Nepal / Blog / नेपाली काङ्रेसको १४ औ महाधिवेशन र अवको नेतृत्व

नेपाली काङ्रेसको १४ औ महाधिवेशन र अवको नेतृत्व

राममणी बराल

नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको चौधौं महाधिवेशन मुलुकभरका ६,७५३ वटा वडाहरु मा साउन १२ गते वडा अधिवेशन बाट प्रारम्भ भई भदौ १६ देखि १९ सम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरी अन्त्य हुँदैछ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी नयाँ राज्य संरचना बनेपछि सोही ढाँचा बमोजिम हुनलागेको पहिलो महाधिवेशन भएकाले कांग्रेस नेता कार्यकर्ताको मात्र नभएर यो महाधिवेशनले सबैको ध्यान केन्द्रित गरेको छ। देशको वर्तमान राजनैतिक घटना क्रमबाट आजित भएका नेपाली जनताहरु कांग्रेसको यो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्न सक्छ भनेर उत्सुक रहेको देखिन्छ।

१४ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको दुई वर्ष भित्रमै देशमा तिनै तहको निर्वाचनहरु हुने भएकाले पनि यो महाधिवेशनलाई विशेष रुपमा हेरिएको छ। महाधिवेशनले नीति निर्माण सगै सक्षम र सवल नेतृत्व चयन गर्न सकोस् भन्ने आम कार्यकर्ताहरूको मनोभाव बुझिन्छ।

वर्तमान अवस्थामा केन्द्रमा रणनीतिक एवं ससक्त र स्थानीय स्तरमा भरोसायोग्य र विश्वासिलो नेतृत्व नभएकाले कांग्रेसले यो किसिमको पराजय बेहोर्नु परेको राजनीतिक विश्लेषक हरूको ठम्याई रहेको छ।

हरेक निर्वाचनहरुमा स्थानीय संगठनले विपक्षी दलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले स्तानिय संगठन जति मजबुत बन्न सक्छ केन्द्रसम्म नै पार्टि त्यतिकै मजबुत बन्दछ। यो विकसित पुस्ताका मतदाताहरु ले पार्टीको चुनाव चिन्ह हेरेर भन्दा पार्टीको नेतृत्व लाई हेरेर आफ्नो मताधिकार प्रयोग गर्ने भएकाले पनि कांग्रेसको स्थानीय नेतृत्व सशक्त, कुशल व्यवस्थापक, दुरदृष्टि, रचनात्मक शैली, प्रभावकारी सङगठन निर्माणमा कौशलता, दक्षता क्षमता भएका कार्यकर्ताको मन बुझ्न सक्ने, सामाजिक एवं विपक्षीलाई पनि विश्वासमा लिन सक्ने हुनुपर्दछ।

त्यस्तै केन्द्रीय कार्यसमिति भनेको पार्टीको मूल जरा भएकाले यो झनै भिजनेवल हुन आवश्यक छ। विगतमा गर्बिलो ईतिहास बोकेको काँग्रेस प्रति जनतामा औधी विश्वास रहेको हुँदा जनताको विश्वास लाई सम्मान गर्न सक्ने अन्तर्राष्ट्रिय, सम्बन्ध स्थापित गर्न सक्ने, मुलुकलाई जनअपेक्षा बमोजिमको नेतृत्व गर्न सक्ने, बौद्धिक जस्ले पार्टीका सबै भातृसंगठन तल्लो तह तप्का हरुलाई चलायमान गर्नसक्ने दृढ नेतृत्व आसन्न महाधिवेशनले चयन गर्न सक्नुपर्दछ।

अत: नयाँ विचार र नयाँ नेतृत्व १४ औं महाधिवेशनको मुख्य उपलब्धि बन्न सक्यो भने मात्र नारामा भनेजस्तो सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस बन्न सक्दछ। जयनेपाल।

लेखक नेपाली कांग्रेस लेटाङ नगरपालीका नगर कार्यसमिति सहसचिव हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *