Home / Politics / प्रधानमन्त्री ओली र नेता भिम रावल बिच आइतवार राती भेटघाट

प्रधानमन्त्री ओली र नेता भिम रावल बिच आइतवार राती भेटघाट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का नेता भीम रावलल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आइतवार राती भेटवार्ता भएको छ। आइतबार राति अबेर ओली र रावलबीच करिब डेढ घण्टा छलफल भएको रावलका स्वकीय सचिव एकेन्द्र कुवँर ले जानकारी दिनु भएको छ।

९ बजेतिर बालुवाटर प्रवेश गरेका रावल करिब साढे दश बजेतिर बाहिरीएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन ओलीले माधव नेपाल पक्षका सांसहरुलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् । उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने चेतावनी पनि दिएका छन् ।

त्यसअघि नै सहमति जुटाउन एमालेका दोस्रो तहका नेताहरू सक्रिय बने पनि अहिले सम्म कुनै निर्णय भएको छैन। पछिल्लो समय एमालेको विवाद समाधानका लागि एमालका दोस्रो तहका नेताहरू सक्रिय बनिरहेका छन् ।

केपी ओलीका पक्षबाट नेताहरू सुवास नेम्वाङ , विष्णु पौडेल , शंकर पोखरेलसहितका नेताहरू र नेपाल पक्षबाट घनश्याम भुसास , सुरेन्द्र पाण्डे , गोकर्ण विष्ट , भीम आचार्यलगायतका नेताहरूले निरन्तर छलफल गर्दै आए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *