Home / Nepal / छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान

जनकपुरधाम : महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन्। रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन्। रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ।

गएको साउन १४ गते दिउँसो रागनीले रितेशको घाँटी थिचेर हत्या गरेको आरोप छ। घरदेखि ५० मिटर टाढा परालले छोपेर राखिएको अवस्थामा उनको शव फेला परेको थियो। उक्त घटनापछि बुवा र सौतेनी आमा दुवै फरार भएका थिए। प्रहरीले घटनाकै दिन बुवालाई महोत्तरीबाट र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

चन्द्रकिशोरले एक वर्षअगाडि रागनीसँग विवाह गरेका थिए । त्यसपछि जेठी श्रीमतीले पाँच र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा)लाई पतिकै जिम्ममा छाडेर माइतीमा बस्दै आएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *