Home / Nepal / News / झापाको अर्जुनधारामा आगलागी हुँदा एक घरका तीन घाइते

झापाको अर्जुनधारामा आगलागी हुँदा एक घरका तीन घाइते

झापा : झापाको अर्जुनधारा नगरपालिका–७ मा खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा एक घरका तीन घाइते भएका छन्।

शनिबार साँझ ६ बजेतिर रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए।

प्रनाउ आचार्यका अनुसार आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *