काठमाडौं : संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन्। पक्राउ पर्ने कार्की नातामा भतिजा हुन्।
प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको छ।
पारिवारिक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । “हत्या गर्ने व्यक्तिलाई पक्राउ गरिसकेका छौं। उनले हत्या गरेको स्वीकार गरिसकेका छन्,” प्रहरीका एक उच्च अधिकारीले भने, “ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे। पागल भनेर जिस्काउँथे त्यसैले चिर्पटले हानेर मारेँ भनेर स्विकार गरिसकेका छन्।”
प्रहरीका अनुसार कार्कीले डिप्रेशनको औषधि खाइरहेका थिए।
६ जनाको शव चार ठाउँमा फेला परेको थियो ।






