भरतपुर: चितवन जिल्लाको राप्ती नगरपालिका ११ को चिउँडे खोलामा ट्रयाक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
आइतवार साँझ भएको दुर्घनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
२४ जना सवार रहेको ट्रयाक्टरमा ढलानको काम गर्ने मजदुर रहेका थिए।
ना १ त ६३८२ नम्बरको उक्त ट्रयाक्टर पुलबाट झण्डै २०० मिटर तल खसेको थियो।
घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र मृतकको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।






