Home / Nepal / News / लहानमा सुनचाँदी व्यवसायीको लुटेरा समुहद्वारा गोलीहानी हत्या

लहानमा सुनचाँदी व्यवसायीको लुटेरा समुहद्वारा गोलीहानी हत्या

जनकपुरधाम : सिरहाको लहान नगरपालिका– २३ मा गोली हानेर सुनचाँदी व्यवसायीको हत्या भएको छ।

प्रहरीका अनुसार लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको छ। लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ।

प्रहरीको अनुसार मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा घाइते भएकी छन्। उनको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए।
घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए। प्रहरीले घटनामा संलगन रहको आरोपमा एकजनालाई पक्राउसमेत गरेका छन्।

प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो। घरमा सुतिरहेको बेला समूहमा आएका लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थिए। लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी रहेको छ।

प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवकको वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल थियो। श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *