पूर्वी चितवनको राप्तीमा रड प्रहार गरी एक पुरुषको हत्या गरीएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुशार मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले अबरोध गरी ढुङ्गामुढा गरेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो।
सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएका छन। मृतकको शव र अभियुक्त मल्ल लाइ शुक्रवार राती नै भरतपुर ल्याइ अनुशन्धान थालिएको प्रहरीले जनाएको छ ।






