काठमाडौं : कमेडी च्याम्पियन सिजन–२ को उपाधिको आज राति भएको ग्रान्ड फिनालेमा भरतमणि पौडेलले जितेका छन्।
फाइनलमा पुगेका गोरखाका कमेडियन सन्तोष थापा र भारत सिक्किमका बिक्की अग्रवाल लाई पछी पार्दै ताप्लेजुङका भरतमणिले कमेडी च्याम्पियन सिजन–२ को उपाधि उचालेका हुन्। उपाधिको टाइटलसँगै उनले कार र २५ लाख उपहार पाएका छन्।
फष्ट रनरअप बिक्की अग्रवाल बने भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन्। फष्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन्।
भरतमणिलाई नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाको साथ थियो।






