काठमाडौं । वीरगंजमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ
उनको शुक्रबार स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।
उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।






