Home / Nepal / News / सीमा नाकामा थप कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

सीमा नाकामा थप कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका छन ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले भारतीय सीमा नाकाबाट लुकिछिपी आउनेहरु नरोकिएको भन्दै थप कडाई गर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिएका छन ।

नेपालमा गत चैत ११ गते देखी बैशाख २५ गते सम्मका लागि लकडाउन अपनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *