Home / Nepal / News / नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सन्क्रमितको संख्या ६९ पुग्यो

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सन्क्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । नेपालगन्जमा ९ र वीरगंजमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगै सन्क्रमितको संख्या ६९ पुगेेेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङ‌का क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

“वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,”उनले भने,“  आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।”

विरगञ्‍जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्‍जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्षसम्मका रहेका छन् । 

नेपालगन्‍जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने भएको छ । 

रौतहटका कोरोना संक्रमित निको भएर घर फर्किएका १९ वर्षका पुरुषमा पुन: लक्ष्ण देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । 

हालसम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर पीसीआर विधिबाट  १३ हजार ४१४  वटा र आरडीटी विधिबाट ४९ हजार ६८८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

आज सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा चार जना र उपत्यकका बाहिर ७३ रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । 

आज क्‍वारेन्टाइनमा २१ हजार ९५१ जना जना रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयको कल सेन्टर ११३३ र ११५५ एक हजार ९१९ कल सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *