Home / Nepal / News / प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा

काठमाडौं : देशका केहि स्थानमा आज दिउँसो मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। साथै, मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अरू प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *