Home / Nepal / News / कोरोना संक्रमणका कारण मोरङमा दुई जनाको मृत्यु

कोरोना संक्रमणका कारण मोरङमा दुई जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।

गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो ।

मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोसी अस्पताल आइसोलेसन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् । 

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्यु भएको थियो । 

यसैबीच उपचारको क्रममा मृत्यु भएका विराटनगरका पुरुषका आफन्तले कोसी अस्पतालका चिकित्समाथि हातपात गरेका छन् । जन्डिस र दुखाइको समेत समस्या लिएर आएका पुरुषलाई चिकित्सकले आइसोलेसनमा राखेर उपचार सुरु गरेका थिए ।

तर, मृत्यु भएपछि स्वाब परीक्षणको नतिजा नआउन्जेल शव लान नमिल्ने भनेपछि आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन् । 

अस्पतालका फिजिसियन डा. दीपक सिग्देलले संक्रिमितको सम्पर्कमा रहेका व्यक्तिहरुबाट चिकित्स र स्वास्थ्यकर्मीहरुमाथि हातपात भएको बताए । 

उनले भने,“चिकित्सक र स्वास्थ्यकर्मी नै क्वारेन्टिननमा बस्नुपर्ने अवस्था भयो ।” उनले उपचार गर्ने चिकित्सकलाई दुर्व्यवहार नगर्नसमेत आग्रह गरे । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *