Home / Society / अधिकांश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अधिकांश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बाँकी स्थानमा आंशिक देखि सामान्य बदली  रही  केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा सामान्य वदली  रही  केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक  दुई स्थानमा भारी वर्षाका सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *