Home / Society / काठमाडौंमा २९ वर्षीया महिलालाई नसालु पदार्थ खुवाएर बलात्कार गर्ने दुईजना पक्राउ

काठमाडौंमा २९ वर्षीया महिलालाई नसालु पदार्थ खुवाएर बलात्कार गर्ने दुईजना पक्राउ

काठमाडौं ।  २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।

मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *