काठमाडौं: राजधानी लगायत देशैभरी विभिन्न अस्पतालमा कोरोनाका गम्भिर बिरामी बढ्न थालेका छन। गम्भिर बिरामी बढेसँगै कोरोनाको जोखिम समेत उच्च भएको छ।
राजधानीका शुक्रराज ट्रपिकल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, बिर लगायत अस्पतालमा भर्ना भएका मध्धे धेरैलाइ आइसियु र अक्सिजनको आवस्यक पर्ने खालका बिरामी रहेका छन ।
चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका समेत रहेका छन। संक्रमितमध्ये धेरैमा युकेको नयाँ भेरिएन्ट देखिएको छ।






