Home / Society / नयाँ वर्षको कामना छ

नयाँ वर्षको कामना छ

नेपालीमा प्रमुख सबको पर्व राम्रो भएको
हाँस्ने खेल्ने मुलुक भरमा नाम हाम्रो रहेको ।
सोचे जस्तो सब सफलता पुग्नु याे चाहना छ
नौलो बेला मनुज नव यो वर्षको कामना छ ।।

डाँडापाखा प्रकृति वनले पालुवा फेर्छ आज
सुन्दा मीठो मधुर सुरिलो कोइली गीत राज ।
मान्छे सेवा प्रकृति गणमा वर्षको स्थापना छ
नौलो बेला मनुज नव यो वर्षको कामना छ ।।

अर्की आमा इति जनवरी मास गर्दा ढुवानी
हाम्रो आमा तनमन नयाँ वर्ष मानौँ जवानी
जस्तो सोच्यो शुभ सफलता प्राप्तिको वन्दना छ
नौलो बेला मनुज नव यो वर्षको कामना छ ।।

विद्यार्थीमा तह सफलता प्राप्त आयो समन्त
छोडी मैलो शिशिर ऋतुले आज छायो वसन्त
हिन्दू राजा प्रसव नवमी राममा भावना छ
नौलो बेला मनुज नव यो वर्षको कामना छ ।

खानादाता हर कदममा शान्त बस्ने विपन्न
नौलो बेला कृषक सुखले रोप्न थाली प्रसन्न ।
खेती गर्ने सबल मनको काममा अर्चना छ
नौलो बेला मनुज नव यो वर्षको कामना छ ।।

लेखक :- सोमनाथ दाहाल (७६६७)
ठेगाना :- लेटाङ्ग न.पा. – २ मोरङ्ग ( हाल धरान पिण्डेश्वर )

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *