NepalSociety

सतीले सरापेको सिन्धुपाल्चोक

Spread the love

प्रभाष गौतम

भुकम्प आयो
हजारौंका महल भत्कियो
सयौंका ज्यान खायो
रहेका केही झुपडी थिए
पहिरो आयो
सबै पुरेर गयो
बिस्तारै टिनका छाप्रा बन्दै थिए
बाढी आयो
बगाएर गयो
विदेशबाट सहयोग आयो
भ्रस्टाचारको
खोलाले बगायो
टहरा बनाउन पाल आयो
गाउँ आइ नपुगी
हावाले उडायो
खोला-नाला, चुरे पहाड सबै
क्रसर वालाले पायो
सरोकर वालाको ध्यान
कमिसन मै हरायो
बिपना प्राकृतिक प्रकोपले खायो
सपना आँसुका धाराले बगायो
कठै
सतीले सरापेको सिन्धुपाल्चोक
हेर्दा हेर्दै आखैँ अगाडी बिलायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *