चौतारा : सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेल र प्रहरी प्रमुख एसपी राजन अधिकारी आइसोलेसनबाटै जिल्लाक कमाण्ड संहालिरहेका छन।
जिल्लामा कोरोना नियन्त्रण , रोकथामका , न्युनीकरण र सचेतना लगायत कार्यहरु सन्चालन गर्दागर्दै उनिहरु आफै संक्रमित भएका हुन्।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई एक साता अघि कोरोना संक्रमण पत्ता लागेपछि सरकारी क्वार्टरमै आइसोलेटेड भएर बसेका छन।
एसपी अधिकारीलाइ बिगत तीन दिन देखी कोरोना देखीएको छ। उनी पनि जिप्रकाकै क्वार्टरमा छन् ।
होम आइसोलेसनमा बस्दा तनावबाट मुक्त भएर आरम गर्नुपर्ने पनि दुवै कमाण्डरलाई आइसोलेसनबाटै नेतृत्व लिनुपर्ने बाध्यता छ ।






