Home / Nepal / News / काठमाडौँमा पछिल्लो २४ घण्टामा २ हजार ९५६ कोभिड संक्रमित थपिए

काठमाडौँमा पछिल्लो २४ घण्टामा २ हजार ९५६ कोभिड संक्रमित थपिए

corona recover children

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा २ हजार ९५६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा २ हजार ४०४ जना, भक्तपुरमा  १३३ जना र ललितपुरमा ४१९ जना नयाँ संक्रमित थपिएका हुन् ।

उपत्यका बाहिर अति प्रभावित जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ४७३ जना संक्रमित थपिएका छन् । त्यस्तै बाँकेमा ४२२ दाङमा २५२ सुर्खेतमा ९७ पर्सामा  १५३ र मोरङमा १६१ जना संक्रमित थपिएका छन् ।

मुलुकभर हाल ३३१ जना आईसीयू र ११५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *