लण्डन । यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ ।
यो सातामा साउदीमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।






