Home / Nepal / News / इजाजत पत्र विना नै काम गर्ने चाबहिलकाे हेल्दी स्माइल डेन्टलका तीन चिकित्सक पक्राउ

इजाजत पत्र विना नै काम गर्ने चाबहिलकाे हेल्दी स्माइल डेन्टलका तीन चिकित्सक पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेन्टल होमबाट इजाजत पत्र नै नलिएर काम गर्दै आएका चिकित्सकसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा घर भई हाल चाबहिल बस्ने ४० वर्षीय डाक्टर रावेत रञ्जन कुमार ठाकुर, भारत घर भई चाबहिल बस्ने ३१ वर्षीय सौरभ कुमार र दोलखाको बैतेश्वर घर भई हाल चाबहिल बस्ने ४६ वर्षीय राधा कृष्ण तामाङ छन्।

इजाजत पत्र विना भारतीय नागरिक सौरभ कुमारले दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको पाइएको ब्युरोले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको इलाज सम्बन्धी कसुर तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *