Home / Nepal / News / प्रदर्शनकारी युवाहरुबीच उग्र विवाद, सरकार बिरोधी आन्दोलन संकटमा

प्रदर्शनकारी युवाहरुबीच उग्र विवाद, सरकार बिरोधी आन्दोलन संकटमा

काठमाडौँ । मंगलबारबाट सुरु सरकार बिरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिइने भएपछि आयोजकहरु नै एक अर्कालाई आरोप प्रत्यारोपमा लागेकाछन ।

आज संसदमा नयाँ नक्सालाई मान्यता दिन संविधान संसोधन विधेयक पास हुने भएकाले यस्तो अवस्थामा आन्दोलन गर्दा बाहिर नकारात्मक सन्देश जाने भएकाले स्थगित गर्नु पर्ने तर्क एउटा पक्षले अघि सारेको छ ।


प्रदर्शनकारी मध्येकी एक श्रद्धा सुमन सिलवालले आज शनिबारको आन्दोलनलाई स्थगित गर्न आग्रह गरेकी छिन ।

अर्का प्रदर्शनकारी व्रितान्त खनाल भने एमसिसि र सिमा विवादलाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने बताउँछन । सरकार जिम्मेवार हुनुभन्दा आन्दोलन दबाउन लागि परेकाले प्रदर्शनलाई निरन्तरता दिनुपर्ने बताउँछन ।

दोश्रो पक्ष जुनसुकै हालतमा पनि आजको प्रदर्शनलाई निरन्तरता दिने पक्षमा छ ।

फेसबुक ग्रुपमा आरोप प्रत्यारोपमा उत्रिएका प्रदर्शनकारीहरुले एक अर्का लाई एडमिनबाट डिलिट र ब्लक गर्न थाले पछि बिबादले उग्ररुप लिएको छ । अहिले ग्रुप नै प्राइभेट गरिएको छ ।

यस अघि, केहि भारतीय मिडियाहरुले समेत युवाहरुको आन्दोलनलाई नेपाल सरकारले जारी गरेको नक्साको विरोधमा उत्रिएको भनेर प्रचार गरेका थिए ।

बिहीबार राजधानीमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि शुक्रबार पनि विभिन्न स्थानमा सरकारको विरोधमा मौन प्रदर्शनहरु भएका थिए ।


सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा विभिन्न दलहरु निकट तथा स्वतस्र्फुत रुपमा निस्किएका युवाहरुले गरेका प्रदर्शनमाथि प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

युवाहरुको प्रदर्शनमा विवेकशील नेपाली दल तथा कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु पनि संलग्न हुन थालेपछि आन्दोलन थप विवादित बन्न थालेको हो ।

विवेकशील नेपालीका उज्जवल थापाले प्रदर्शनमा सामाजिक दुरी कायम गर्न, तोकिएको क्षेत्रमा मात्र भेला हुन समेत फेसबुक मार्फत आग्रह गरेकाछन ।


तर प्रदर्शनमा सहभागी अधिकांस युवाहरु भने आज आन्दोलनको निम्ती गलत समय भएकाले विरोधलाई तत्काल स्थगित गर्ने पक्षमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *